back
prabhu insurance
himalayanlife

पोल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षकी सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्माचार्यले मदनराज मोक्तान सहित १७ जनालाई वैदेशिक रोजगारमा पठाउने प्रलोभन देखाएर गठी गरेकी थिइन्।

वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति आठ लाख रुपैयाँ मात्र लाग्छ भनेर पोल्याण्ड पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भनि रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले मासिक तलब एक लाख पचास हजार रुपैयाँ हुन्छ भनी विश्वास दिलाई प्रलोभन देखाउँदै पीडितहरुबाट पटकपटक गरी ३८ लाख ९अठतिस लाख० रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएकी थिइन् ।

प्रहरीले उनलाई मंगलबार काठमाडौंको इन्द्रचोकबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको छ ।