back
prabhu insurance
himalayanlife

‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन’

काठमाडौं। अमेरिका बोस्टन निवासी गीतकार साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको सिनेमा ‘उफ यो मन’ सेन्सर पास भएको छ।

सेन्सरमा सिनेमाले केन्द्रीय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको छ। यसको अर्थ यो सिनेमा सबै उमेर समूहले हेर्न पाउनेछन्।

उत्कृष्ट बनेको भन्दै सेन्सर सदस्यहरुले सिनेमाको तारिफ गरेका छन्। ‘सेन्सर पदाधिकारीले हाम्रो सिनेमालाई मायाप्रेमको कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नु भएको रहेछ भनेर तारिफ गर्नु भयो’, निर्माता अनु शाहले भनिन।

चलचित्रलाई पहिले अमेरिकाबाट प्रदर्शन सुरु गरिनेछ भने त्यसपछि नेपाल लगायत विश्वभर प्रदर्शन गरिने अनु शाह बताउँछिन्।

अनुराधा फिल्म्स इन्टर नेसनलको निर्माण रहेको सिनेमालाइ निर्देशक सुरज चन्दले निर्देशन गरेका छन् भने चलचित्रमा एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समित गिरी, दिपक क्षेत्री, पुकार गुरुङको अभिनय छ।