back
prabhu insurance
himalayanlife

रुसकी एक कलाकारलाई सात वर्षको जेल सजाय

एक रूसी युद्ध विरोधी अभियन्तालाई युद्ध विरोधी सन्देशहरू सुपरमार्केटका मूल्य निर्धारण गरिएका लेबलहरूमा प्रतिस्थापन गरेको अभियोगमा सात वर्षको जेल सजाय सुनाइएको छ ।

सेन्ट पिटर्सबर्गकी ३३ वर्षीया कलाकार सासा स्कोचिलेन्को गत वर्षको अप्रिलदेखि हिरासतमा छन् । उनी माथि रुसी सेनाका बारेमा गलत सन्देश प्रवाह गरेको आरोप छ ।

अदालतमा सासाका वकिलहरुले उनी लामो समयदेखि दीर्घ रोगी रहेको र जेलमै मर्ने जोखिम रहेको भन्दै सफाईका लागि अनुरोध गरेका थिए । तर त्यसलाई बेवास्ता गर्दै सजायँ सुनाइएको हो ।

रुसले युक्रेनमा युद्ध शुरु गरेयता कलाकार सासाले सेन्ट पिटर्सवर्गका सुपरमार्केटका लेबलहरुमा युद्ध विरोधी सन्देशहरु राख्न शुरु गरेकी थिइन् । यो अभियानको आव्हान रुसी नारीवादी समूहले गरेको थियो ।

सुपरमार्केटमा प्रतिस्थापन गरिएका लेबलहरुमा रुसी सेनाले युक्रेनमा गरेका ज्यादतीहरुलाई उल्लेख गरिएको थियो । जसमा मरिउपोलको एउटा विद्यालयमा बमबारी गर्दा ४ सय मानिसहरु भित्र लुकिरहेको उल्लेख छ ।

त्यस्तै उनकै हजुरबुवाले दोस्रो विश्वयुद्धमा ४ वर्षसम्म नलडेर रुसलाई फाँसीबाटी राज्य बन्न र युक्रेनमा आक्रमण गर्न रोकेको उल्लेख गरिएको छ । उनले आफू माथि लागेको आरोप स्वीकार गरेकी छन् ।