back
prabhu insurance
himalayanlife

प्रभु महालक्ष्मी लाइफको करिब २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता शेयर बिक्रीम राखिएको छ। कम्पनीको संस्थापक समूहको १ लाख ९९ हजार ६८० कित्ता शेयर बिक्रीमा राखिएको छ।

यो शेयरमा यसअघि ३५ दिने सूचना निकालेर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेकोले अब यो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

सर्वसाधारणले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।