back
prabhu insurance
himalayanlife

आशा लघुवित्तको २ लाख ७५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ७५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर कित्ता सङ्ख्या र सोको मूल्य समेत खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन बनेपा–१३ साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।