back
stc
prabhu insurance

प्रभू बैंकमा कार्यबाहक प्रमुख कार्यकारी अधिकृत निरज लम्सालले पाए

काठमाडौं । प्रभू बैंक लिमिटेडमा कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदको जिम्मेवारी सहायक महाप्रबन्धक निरज लम्सालले पाएका छन् ।

बैंकका सीइओ अशोक शेरचनसहित तीनजना उच्च पदस्थ अधिकृतलाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कार्यवाहक तोकेको हो। सहायक महाप्रबन्धक लम्साल बैंकको ऋण असुली विभाग प्रमुखको जिम्मेवारीमा थिए।