back
stc
prabhu insurance

बजारमा आज एकैदिन सुनको भाउ २० हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज जेठ १७ गते आज सुन चाँदीको भाउमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो।

योसँगै आज सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।