back
prabhu insurance
himalayanlife

टाटाको विद्युतीय कार नेक्सन ईभी नेपालमा 

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन इभी नेपाली बजाारमा सार्वजनिक गरेको छ। भारतीय बजारमा सर्वाधिक बिक्री भएको उक्त गाडी नेपाली बजारमा टाटा मोटर्सको आधिकारी बिक्रेताको रुपमा रहेको सिप्रदि ट्रेडिङले भित्र्याएको हो ।

मंगलबार सार्वजनिक भएको नेक्सन इभीको मूल्य ३५ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रूपैयाँसम्म तोकिएको छ।

नेक्सन–इभी जिपट्रोन प्रविधिमा आधारित छ। कम्पनीले दाबी गरेअनुसार यसमा निकै टिकाउ ब्याट्री छ। एक पटक चार्ज गरेपछि गाडी बिना कुनै समस्या दुई सय ५० देखि तीन सय किलोमिटरको दुरी गुड्छ।

डिसीचार्जर प्रयोग गर्दा नेक्सन–इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीको भनाइ छ।विद्युतीय नेक्सनको बनावट निकै बोल्ड र आकर्षक छ। बाहिरी आर्कषणसँगै यसका विशेषताहरूका कारण यो नेपाली बजारमा प्रतिक्षित गाडी हो। टाटाले जिपट्रोन प्रविधिमा आधारित यो विद्युतीय एसयूभी वायु प्रदुषणरहित रहेको जनाएको छ ।

३ कलर र ३ भेरियन्टमा उपलब्ध टाटा नेक्सन ईभीको सुरुवाती मूल्य ३५ लाख ९९ हजार तोकिएको छ । एक्सएमको ३५ लाख ९९ हजार, एक्सजेट प्लस ३७ लाख ९९ हजार र एक्सजेट प्लस लक्जरीको ३९ लाख ९९ हजार तोकिएको छ ।

गतवर्ष नै नेक्सनको ईभी नेपाल ल्याउने तयारी गरेको सिप्रदीले विद्युतीय गाडीमा कर बढेपछि ल्याएको थिएन । तर, यसपाली विद्युतीय गाडीमा बढेको कर खारेज भएपछि टाटाले विद्युतीय गाडी भित्र्याएको हो ।