बरिष्ठ गीतकार हरि गोपाल प्रधानद्वारा रचित ‘चन्द्र सूर्य’ राष्ट्रिय गीतको भिडियो तयारी
काठमाडौं । राष्ट्रिय भावनामा आधारित ‘चन्द्र सूर्य’ बोलको गीतको भिडियो तयार भएको छ । उक्त भिडियो यही साउन महिनाको अन्तिममा सार्वजनिक हुने बरिष्ठ गीतकार प्रधानले आर्थिक सञ्जाल डटकमलाई जानकारी दिए । भिडियो रिलिज नै नभइ गीत लोकप्रिय बनेको छ ।
गीतको शब्दरचना हरि गोपाल प्रधान, स्वर, संगीत र निर्देशन हिपहप किङ निर्णय श्रेष्ठ ‘एनएसके’ले गरेका छन् । साथै गायिका/नायिका विष्णु चेम्जोङ्गको रहेको छ ।
उक्त गीतको भिडियोमा बालकृष्ण थारु, सिनेम्याटोग्राफी सोहन मानन्धर, कोरियोग्राफर जेनिशा महर्जन लगायत आराध्य लक्ष्मी खड्की, सरुना श्रेष्ठ, अनुपा राई, करुणा राई, आमिर तामाङ र सोनु नेपालीको अभिनय रहेको छ ।
त्यस्तै, श्रृगांरमा हेमा पुन मगर, मुना थापा मगर, ड्रेस कुसुम श्रेष्ठ तथा फोटोग्राफी पद्यसागर कक्षपति, राजेश मानन्धर, राजेन्द्र चित्रकार र साउन्डमा निकेश सुवेदीले गरेका छन् ।
वि.सं.२०७८ साउन १२ १९:२२




















