back
stc
prabhu insurance

बैंकको निक्षेप संकलन र कर्जा लगानीमा सुस्तता

काठमाडौं । बैंकको निक्षेप संकलन र कर्जा लगानीमा सरकारले गरेको निषेधाज्ञाको कारण सुस्तता आएको हो । तथापि, यसअवधिमा निक्षेप संकलन घटेको छ भने कर्जा लगानी बढेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक सातामा निक्षेप संकलन ५ अर्ब रुपैयाँले घटेको छ । जेठ १४ गतेसम्म आइपुग्दा वाणिज्य बैंकले ३९ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जबकी अघिल्लो साता जेठ ७ गतेसम्म बैंकहरुले ३९ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

यता, एक सातामा वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ । एक सातामा कर्जा लगानी १० अर्ब रुपैयाँले बढेको छ । जेठ १४ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३६ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको संघले जनाएको छ । अघिल्लो साता जेठ ७ गतेसम्म बैंकले ३६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।