back
stc
prabhu insurance

प्रभु बैंकको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड

४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड

काठमाडौं । प्रभु बैंकले गत जेठ ११ गतेदेखि २६ गतेसम्म प्रति कित्ता १ हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड भएकोे छ । जसमध्ये बैंकले १६ लाख सामूहिक लगानी कोष सहित सर्वसाधारणमा बिक्री गरेको छ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गरेको छ ।

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्काशन गरेको हो ।

बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ऋणपत्र निष्काशन गरेको हो । रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई उक्त ऋणपत्र बाँडफाँट गरेको गरिएको छ । उक्त ऋणपत्र विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।