back
prabhu insurance
himalayanlife

एनआईसी एसिया कर्जा विस्तारमा आक्रामक

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव हुने देखिएको छ । वाणिज्य बैंकहरुले गरेको आक्रामक कर्जा लगानीका कारण सीसीडी रेसियो केन्द्रीय बैंकले तोकेको न्युनतम पुँजी र निक्षेप जोड्दा हुने योगफलसँग कर्जा अनुपात (सीसिडी रेसियो) औषतमा ७८.८४ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सीसीडी अनुपात ८० प्रतिशत बाट बढाएर ८५ प्रतिशत पुर्याएको छ । १० वाणिज्य बैंकको सीसीडी रेसियो अनुपात ८५ प्रतिशत हाराहारीमै पुगेको छ ।

बजारमा तरलता अभाव सुरु भएसँगै वाणिज्य बैंकले स्थायी तरलता सुविधा ‘एसएलएफ’ को प्रयोग गर्न थालेका छन् ।

एनआइसी एसिया बैंकको सीसीडी रेसियो अनुपात सबैभन्दा धेरै ८३.९७ प्रतिशत रहेको छ । जेठ मसान्तसम्म ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको एनआईसी एसिया बैंकले २ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यस्तै सानिमा बैंकको ८३.४५ प्रतिशत, माछापुच्छ्रे बैंकको ८३.१९ प्रतिशत, मेघा बैंकको ८३.३१ प्रतिशत, लक्ष्मी बैंकको ८१.४५ प्रतिशत, एनएमबि बैंकको ८१.३६ प्रतिशत, सनराइज बैंकको ८१.७६ प्रतिशत, सिदार्थ बैंकको ८०.५३ प्रतिशत, प्राइम कमर्सियल बैंकको ८०.९७ प्रतिशत सीसीडी रेसियो अनुपात पुगेको छ । जेठ मसान्तसम्ममा सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको सीसीडी रेसियो अनुपात ६९ प्रतिशत रहेको छ ।