back
stc
prabhu insurance

कामना सेवाको नाफामा आकर्षक वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४८४.९०% ले बढेर ७० करोड २ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड ७९ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चान नाफा बढेको तथा इम्पेयरमेन्ट चार्च घटेकाले नाफा बढ्न सहयोग पुगेको हो ।

असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी २९..९१% ले बढेर १ अर्ब ४९ कराड ३ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १ अर्ब १४ करोड ७१ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ३३४.२२% ले बढेर ७१ करोड ९६ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

यता, गत वर्ष १३ करोड ७४ लाख १९ हजार रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा यसअवधिमा ४३ करोड ४५ लाख २१ हजार रुपैयाँ नाफामा पुगेको छ । यस अवधिमा बैंकको गैर सञ्चालन आम्दानी भने २८ करोड ७६ लाख ८५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसाले बढेर २६ रुपैयाँ ४० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६१ पैसा छ ।