पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच शहरी पूर्वाधार विकाशका लागि सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । पाँचखाल नगरपालिकामा रहेको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको पाँचखाल नगरपालिकामा “ सुविधा सम्पन्न शहरी पूर्वाधार विकाश तथा निर्माण ” र उक्त परियोजना निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्यन, वित्तीय तथा प्राबिधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण (Market Sounding), परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, लगानीको संरचना तय गर्ने लगायतका आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न शहरी पूर्वाधार विकाश, निर्माण तथा कार्यान्वयन सम्बन्धि कार्य अगाडी बढाउन पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पाँचखाल नगरपालिका नगर प्रमुख, महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नु भयो ।
मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पाँचखाल नगरपालिका सँग समझदारीपत्रमा हस्ताक्षर गरे सँगै आगामि दिनमा मुलुकका अन्य प्रदेश एवं स्थानीय सरकारहरुरनिकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।
वि.सं.२०७८ साउन १२ ०८:४५