नेप्सेमा नेपाल हाइड्रो डेभलोपर्सको बोनश शेयर सुचिकृत
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको बोनश शेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको ३ लाख ९० हजार कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
अब उक्त बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत चैत १७ गते सम्पन्न वार्षिक साधारण सभा पारित १५ प्रतिशत बोनश शेयर सुचिकृत गरेको हो ।
वि.सं.२०७८ साउन १२ १२:३८

















