back
stc
prabhu insurance

नबिल बैंकको ३० लाख इकाई ऋणपत्र भर्ने म्याद लम्बियो

नबिल बैंकको ३० लाख इकाई ऋणपत्र भर्ने म्याद लम्बियो
काठमाडौं । नबिल बैंकको ऋणपत्र भर्ने म्याद लम्बिएको छ ।  साउन १३ गते बुधबारसम्म माग अनुसार आवेदन नपरेपछि अब साउन २४ गतेसम्म ऋणपत्र बिक्री खुला रहने बैंकले जनाएको छ । यद्यपि, साउन २४ गतेभन्दा अघि मागभन्दा बढी आवेदन परेमा भने सूचना प्रकाशन गरी बिक्री बन्द गरिने पनि बैंकले जानकारी गराएको छ ।

नबिल बैंकले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८५ ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘८५ नबिल बैंक डिबेन्चर २०८५’ ऋणपत्र जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गरेको छ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमा आवेदन गर्न सक्नेछन् । यस्तै, मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ ।

नबिल बैंकलाई इक्रा नेपालले ‘इस्युअर रेटिङ डबल ए माइनस’ प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा नबिल उच्च मात्रामा सुरक्षित रहेको जनाउँछ ।