back
prabhu insurance
himalayanlife

महालक्ष्मी विकास बैंक र MAW वृद्धि कमर्सियल भेहिकल्स बिच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले MAW वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. सँग २०७८ श्रावण १५ गते सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार MAW वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. बाट ग्राहकहरुले Foton ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशत सम्म कर्जा प्रवाह गरिने छ ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. को सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।