back
stc
prabhu insurance

निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

काठमाडौं । निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत जानुभएको छ ।निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर उक्त निर्णयविरुद्ध सर्वोच्च जानुभएको हो ।

निर्वाचन आयोगको निर्णयबाट आफू र पार्टीका सम्पूर्ण कार्यकर्ता अन्यायमा परेको उहाँको भनाइ छ । निर्वाचन आयोगले साउन ११ मा जसपाको आधिकारिकताका लागि ‘हेड काउन्ट’का लागि कार्यकारिणी सदस्यलाई बोलाएको थियो। ‘हेड काउन्ट’ रोक्न समेत माग गर्दै ठाकुर साउन ८ गते सर्वोच्च जानु भएको थियो ।

तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । जसको सुनुवाइका लागि आज इजलास तोकिएको छ ।