कुमारी बैंकको मुनाफा बृद्धि
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षमा खुद नाफामा धरै बृद्धि गरेको छ । बैंकले साउन २८ गते बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार रू. २ अर्ब ११ लाख ४५ हजार खुद मुनाफा आर्जन गरेको छ ।
यो अघिल्लो आव २०७६/०७७ को तुलनामा ७२.८४ प्रतिशत अर्थात ८५ करोडले बढी हो । बैंकले अघिल्लो आ.व.को असार मसान्तसम्म १ अर्ब १५ करोड ८५ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा, गैरसंचालन नाफा बढ्दा खुद नाफा उल्लेख्य बढेको छ । बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशतले बढेर रू.५ अर्ब २३ करोड पुगेको छ ।
यस्तै, बैंकको संचालन नाफा ६९.१६ प्रतिशतले बढेर रू.२ अर्ब ८५ करोड र गैरसंचालन नाफा १९.८१ प्रतिशतले बढेर २७ करोड रुपैयाँ पुगेको छ ।
१३ अर्ब ८७ करोड रूपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा रू.३ अर्ब ८८ करोड, रिटेन अर्निङमा १ अर्ब ४१ करोड रुपैयाँ र सेयर प्रिमियममा रू. ८ करोड ८८ लाख संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ रहेको छ।
असार मसान्तसम्ममा बैंकले रू.१ खर्ब ४८ अर्ब निक्षेप संकलन गरी रू.१ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २७.५८ प्रतिशत र कर्जा लगानी विस्तार २४.६४ प्रतिशतले सुधार भएको छ।
खुद नाफा बढेसँगै पनि बैंकको प्रतिसेयर आम्दानी ९.२५ रुपैयाँबाट बढेर १४.४२ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३६.८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७३ गुणा, सीसीडी अनुपात ८१.०१ प्रतिशत, आधारदर ७.९ प्रतिशत र स्प्रेडदर ३.१३ प्रतिशत रहेको बैंकले जनाएको छ ।
वि.सं.२०७८ साउन २८ १३:३२