भदौ १५ गते गरिमा विकास बैंकको विशेष साधारणसभा

काठमाडौं । गरिमा विकास बैंकले भदौ १५ गते विशेष साधारण सभा गर्ने भएको छ । सभामा सहारालाई एक्वायर गरी ‘गरिमा विकास बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै, एक्वयार गर्ने सम्बन्धमा भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने प्रस्ताव रहेको छ । यस्तै, डीडीए रिपोर्टका आधारमा कायम भएको १ः१ सेयर स्वाप रेसियो पारित गर्ने प्रस्ताव छ ।
यसर्थ, सहाराको १ कित्ता सेयर हुनेले एक्विजिसनपछि गरिमाको १ कित्ता नै सेयर पाउनेछन् । सहारालाई एक्वायर गरिसकेपछि गरिमाको जारी तथा चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ रुपैयाँ कायम हुनेछ । सोही अनुसार प्रबन्धपत्रमा जारी तथा चुक्ता पुँजी सम्बन्धी व्यवस्थाहरु संशोधन गर्ने प्रस्ताव रहेको छ ।
विशेष साधारण सभा गरिमाको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि भदौ ९ गतेदेखि बुक क्लोज हुनेछ । तसर्थ, भदौ ८ गतेसम्म कायम रहने सेयरधनी मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०७८ भदौ १ ०९:३०