back
stc
prabhu insurance

भर्खरै आइपीओ निष्कासन गरेको युनियन लाइफ इन्स्योरेन्सको खुद नाफा २१.४८ प्रतिशत ले घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा युनियन लाइफ इन्स्योरेन्सले १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा २१.४८ प्रतिशत ले थोरै हो । अघिल्लो वर्ष यसले १६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको जीवन बिमा कोषको आकार भने ७५.३१ प्रतिशतले बढेर ७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसको जीवन बिमा कोषमा ४ अर्ब ३६ करोड रुपैयाँ थियो । खुद बिमा शुल्क ४५.४२ प्रतिशत ले बढेर ६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले ४ अर्ब ५३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९७ पैसाले घटेर ६ रुपैयाँ ०६ पैसा (वार्षिक) मा झरेको छ ।

अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०३ पैसा रहेको थियो । युनियनको प्रतिसेयर नेटवर्थ भने १३९ रुपैयाँ ७३ पैसा छ । हाल यसको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ र जगेडा कोषमा ७६ करोड ८८ लाख रुपैयाँ छ ।

युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो । आइपीओ बिक्रीपछि कम्पनीको पुँजी २ अर्ब १५ करोड रुपैयाँ पुगेको हो ।