back
stc
prabhu insurance

ऋण तिर्ने म्याद पुस मसान्त सम्म थपियो

काठमाडौं । कोभिड १९ को महामारीबाट प्रभावित ऋणीहरुलाई नेपाल राष्ट्र बैंकले ऋण तिर्ने म्याद थप गरेको छ । आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याजलाई एक वर्षसम्म म्याद थप गर्न राष्ट्र बैंकले मंगलबार निर्देशन दिएको छ ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै वर्ष दिन म्याद थप गर्न निर्देशन दिएको छ । यसबाट ऋणीहरुले थप एक वर्षपछि ऋण तिर्दा हुने भएको छ ।

‘कोभिड–१९ को असर मूल्याङ्कन गरी त्यस्ता ऋणीहरुले २०७८ पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गरी कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु पर्नेछ’ राष्ट्र बैंकद्धारा आज जारी निर्देशनमा भनिएको छ ।

म्यद थप सुविधा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावित क्षेत्रहरुमध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय तथा नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीले पाउने भएका छन् ।

यसैगरी कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरुमध्ये होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई सेवा जस्ता बाहय पर्यटकमा निर्भर रहनु पर्ने व्यवसायीलाई परेको असर मूल्यांकन गरी २०७९ असार मसान्त सम्म पाक्ने ब्याजलाई छुट्टै हिसाब राखी दुई वर्ष सम्ममा कम्तीमा चार किस्तामा तिराउने व्यवस्था मिलाउन निर्देशन दिएको बुझिन आएको छ ।