back
stc
prabhu insurance

४० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग आइएमई जनरल इन्स्योरेन्स कम्पनीले माग्यो अनुमति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति मागेको छ ।

कम्पनीले १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न  नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न लागेको हो ।

आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँबाट ४०५ हकप्रद बिक्री गर्ने तयारी गरेको हो । उक्त हकप्रद बिक्रीपछि भने कम्पनीको पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २३ करोड ४६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ११.६० प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।

यस अवधिमा कम्पनीले ५८ करोड ७९ लाख ७१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७४ पैसा रहेको छ ।