साउन महिनामा बैंकहरूले ६ अर्ब ३१ करोड कमाए

काठमाडौं । चालू आर्थिक वर्षको साउन महिनामा बाणिज्य बैंकहरुले ६ अर्ब ३१ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल बैंक बाहेक बाँकी २६ वटा बाणिज्य बैंकहरुले उपलब्ध गराएको वित्तीय विवरण अनुसार सर्वाधिक नाफा नबिल बैंकले आर्जन गरेको छ भने सबैभन्दा कम राष्ट्रिय बाणिज्य बैंकले गरेको छ ।
नबिल बैंकले ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले ७ करोड २२ लाख रुपैयाँ मात्र नाफा गरेको छ ।
१० करोडभन्दा कम नाफा गर्नेमा बैंक अफ काठमाण्डू र सेञ्चुरी कमर्सियल बैंक रहेका छन्।
गत आर्थिक बर्ष बैंकहरुले ६३ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। यसमा नेपाल बैंकको पनि हिसाब छ।
२६ वटा बाणिज्य बैंकको एक महिनाको नाफाका आधारमा आगामी बर्षको (१२ महिनाकै) अनुमान लगाउँदा ७५ अर्ब ७३ करोड रुपैयाँ (नेपाल बैंकको जोड्दा अझै धेरै) नाघ्ने देखिन्छ। साउन महिनमा बैंकहरूले आर्जन गरेको मुनाफा रकम– :
नबिल बैंक 610,966.77
सिटिजन्स बैंक 244,860.40
ग्लोबल आइएमइ बैंक 484,681.62
माछापुच्छ्रे बैंक 226,930.10
एनआइसी एसिया 410,385.01
लक्ष्मी बैंक 214,576.67
सिद्धार्थ बैंक 326,139.40
सनराइज बैंक 188,365.83
प्राइम कमर्सिलय बैंक 303,882.43
एनसीसी बैंक 160,510.83
एनएमबि बैंक 301,934.46
स्ट्यान्डर्ड चार्टर्ड बैंक 150,872.26
नेपाल इन्भेष्टमेन्ट बैंक 291,381.20
नेपाल बंगलादेश बैंक 143,864.98
एभरेष्ट बैंक 289,368.97
एसबीआइ बैंक 139,842.57
मेगा बैंक 284,010.44
हिमालयन बैंक 131,319.02
प्रभु बैंक 274,866.65
सिभिल बैंक 107,812.05
सानिमा बैंक 266,487.67
बैंक अफ काठमाण्डू 93,770.46
कृषि विकास बैंक 261,730.05
सेञ्चुरी कमर्सिलय बैंक 73,052.10
कुमारी बैंक 257,289.54
राष्ट्रिय बाणिज्य बैंक 72,227.97
एक महिनामा नबिल बैंकपछि ग्लोबल आइएमइ बैंकले ४८ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ। यसपछि एनआइसी एसिया बैंकले ४१ करोड रुपैयाँ नाफा गरेको छ। मुक्तिनाथ विकास बैंकले विकास बैंक मध्ये धेरै मुनाफा आर्जन गरेको छ।
विकास बैंकहरुले ६४ करोड ९१ लाख रुपैयाँ नाफा गरेका छन्। नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक हेर्दा यसमा साहारा, साल्पा, कर्पोरेट र नारायणी डेभलपमेन्ट बैंकको तथ्यांक जोडिएको छैन।
सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंक लि।ले गरेको छ। बैंकले १४ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ। यसपछि ज्योति विकास बैंकले ९ करोड ६७ लाख रुपैयाँ गरेको छ।
सबैभन्दा कम सिन्धु विकास बैंकले २२ लाख ५० हजार रुपैयाँ गरेको छ। फाइनान्स कम्पनीहरुले १६ करोड ४१ लाख रुपैयाँ नाफा गरेका छन्।
मुक्तिनाथ विकास बैंक 141,502.64
ज्योति विकास बैंक 96,747.12
साइन 80,765.74
महालक्ष्मी विकास बैंक 69,507.52
कामना सेवा विकास बैंक 65,849.02
लुम्बिनी विकास बैंक 64,571.56
गरिमा विकास बैंक 49,537.48
साङ्ग्रिला 35,987.94
एक्सल 16,882.11
मितेरी 9,515.04
कर्णाली 6,221.36
सप्तकोशी 6,108.37
ग्रीन 3,717.00
सिन्धु 2,250.78
वि.सं.२०७८ भदौ २५ १७:५३