back
stc
prabhu insurance

३२ अर्ब ८३ करोडको संशोधित बजेट सार्वजनिक

काठमाडौं । पुर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले ल्याएको बजेटलाई संशोधन गरेर अर्थ मन्त्री जनार्दन शर्माले आज अपरान्ह प्रतिनिधि सभामा होहल्ला र नारावाजी बीच नयाँ बजेट ल्याएका छन् ।

अर्थ मन्त्री जनार्दन शर्माले शुक्रबार संघिय सभाको बैठकबाट बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थ मन्त्री शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

नेकपा (एमाले)ले संसद अवरोधकाबीच अर्थ मन्त्री शर्माले संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गरेका हुन ।

संसदको तेस्रो बैठक सुचारु भएलगत्तै अर्थ मन्त्री शर्माले रोष्टममा पुगेर प्रतिस्थापन विद्येयक पेश गरेका हुन । अर्थ मन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहँदा एमालेका सांसदहरूले भने नाराबाजी गरिरहेका थिए ।

अध्यादेश मार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ ।

यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्था तर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको घोषणा गरिएको छ ।

बैठक र भ्रमण भत्ताको बजेट कटौती

सरकारले चालु खर्चतर्फ बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्टाएकोे बजेट कटौती भएको छ । सरकारले यसरी कटौती गरेर भएको बचत ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्टाइएको अर्थ मन्त्री शर्माले बताएका छन् ।

सरकारले ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको हो ।

क्यान्सर, मृगौला लगायत गम्भीर बिरामीलाई मासिक ५ हजार भत्ता

सरकारले क्यान्सर, मृगौला, मेरुदण्डका गम्भीर बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरिएको छ ।

अर्थमन्त्री शर्मा यी गम्भीर प्रकारका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । २०७४ को निर्वाचनमा तत्कालीन शेरबहादुर देउवा सरकारले क्यान्सर, मृगौला, मेरुदण्डलगायत गम्भीर बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो । तर, निर्वाचनपछि आगमन भएको ओली सरकारले उक्त योजनालार्य खारेज गरेको थियो ।

उक्त निर्णय खोरज भएपछि बिरामीले रोगको प्रमाणपत्र पाएपनि भत्ता पाएका थिएनन् । अहिले अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका छन् ।

काठमाडौंका १० स्थानमा विपन्न नागरिकलाई खानाको व्यवस्था

अर्थ मन्त्री शर्मा प्रभाकरले काठमाडौंका १० स्थानमा विपन्न नागरिकलाई खाना खुवाउने बताएका छन् । संसदमा विधेयक पेश गर्दै सामाजिक संस्थाको सहयोगमा सहरी १० स्थानमा खानाको बन्दोबस्त गर्ने घोषणा गरेका छन् ।

राजनीतिक आन्दोलनमा बलिदान गर्नेका परिवारलाई मासिक ३ हजार

सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

अर्थ मन्त्री शर्मा प्रभावकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् । यसअनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता पाउने भएका छन् । विगतदेखि नै नेकपा (माओवादी केन्द्र) ले यस्तो व्यवस्था गर्न माग गर्दै आएको थियो ।

गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान

सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिपरिवार १० हजार नगद अनुदान दिने भएको छ ।

कोभिड–१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार १० हजार रुपैयाँ निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको अर्थ मन्त्री शर्माले बताएका छन् ।