सानिमा बैंकले १७.८९ प्रतिशत मुनाफा दिने
काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेका छ । बैंकको असोज ६ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/०७८ को लागि लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सानिमा बैंकले १७.८९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय सञ्चालक समितिको बैठकबाट भएको जानकारी दिएको छ ।
वि.सं.२०७८ असोज ७ ०८:४३



















