back
hangrilabank
himalayanlife
stc

रु रु जलविद्युतको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । रु रु जलविद्युत परियोजनाको बोनस सेयर समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय ६ रुपैयाँ निर्धारण गरेको छ ।

नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । सभा प्रयोजनका लागि कम्पनीले आज बिहीबार असोज ७ गते बुक क्लोज गरेको छ ।

यसले २ आर्थिक वर्षको वार्षिक साधारण सभा एकै पटक बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारण सभा असोज १६ गते बोलाएको हो ।

सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कर सहित १०.५२६ प्रतिशत नगद लाभांश र २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पेश हुनेछ । यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहनेछ ।

यता, संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ ।

बोनस सेयरपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गरिनेछ । साधारण सभा रु रु को रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्नेछ ।