back
stc
prabhu insurance

असोज २५ गतेबाट एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर खुल्ने

काठमाडौं । असोज २५ गतेदेखि एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १०.३ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले प्रतिसेयर १०० अंकित मूल्यमा २४ लाख ३३ हजार ३६३।६७४२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस हकप्रदमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिन्छ ।

हकप्रद निष्कासनका लागि बैंकले असोज १ गतेदेखि बुक क्लोज गरेको थियो । यस अनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।

हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यले एक्सेलले ३० प्रतिशत हकप्रद ल्याउन लागेको हो । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ ।

बैंकले यहि पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि भने यसको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।