back
stc
prabhu insurance

 कात्तिक १६ गते  सांग्रिला डेभलपमेन्ट बैंकको १७ औं वार्षिक साधारणसभा

काठमाडौं । यो वर्ष साधारणसभा घोषणा गर्ने विकास बैंकहरुमा सांग्रिला डेभलपमेन्ट बैंक पहिलो बैंक बनेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आगामी कात्तिक १६ गते मंगलबार १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंकको सोमबार बसेको २७८ औं संचालक समितिको बैठकले बिहान १० बजे काठमाण्डौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा वार्षिक साधारणसभा आह्वान गरेको सुचना जारी गरेको छ।

बैंकले विशेष प्रस्तावको रुपमा हाल कायम ३ अर्ब अधिकृत पूँजीलाई वृद्धि गरी ५ अर्ब कायम गर्ने, संचालक समितिले गरेको प्रस्ताव अनुसार हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस वितरणको विषयमा निर्णय गर्ने लगायतका विषय समावेश गरेको छ ।

हाल कायम चुक्ता पूँजीमा १० प्रतिशत बोनस सेयर दिएपछि जारी तथा चुक्तापूँजी बढेर ३ अर्ब १ करोड माथि पुग्ने भएकोले सो प्रस्ताव समेत साधारणसभाले पारित गर्नेछ ।

साधारणसभाले भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर जाने विषयको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत पारित गर्नेछ । साधारण प्रस्तावको रुपमा प्रस्तावित बोनस सेयर वितरण गर्दा लाग्ने ०।५२६३ प्रतिशत नगद लाभांश वितरणको विषय पनि रहेको छ ।