सबैभन्दा धेरै खुद नाफा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६ करोड रुपैयाँ कमाए, अरु बैंकहरुले कति कमाए खुद नाफा ?
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को दुई महिनामा २७ वटा वाणिज्य बैंकहरुको नाफा १३ अर्ब ६६ करोड २२ लाख रुपैयाँ पुगेको छ । भदौ महिनासम्ममा सबैभन्दा धेरै खुद नाफा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६ करोड रुपैयाँ कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
दोस्रोमा ग्लोबल आइएमई बैंकले ९८ करोड ५२ लाख रुपैयाँ र तेस्रोमा नबिल बैंकले ९३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । साउन महिनामा १ करोड १ लाख रुपैयाँ खुद नोक्सान गएको नेपाल बैंकले पनि भदौ महिनामा १५ करोड भन्दा बढी खुद नाफा कमाउन सफल भएको छ ।
यद्दपि, नेपाल बैंकको नाफा अन्य सबै वाणिज्य बैंकको भन्दा थोरै हो । एनआइसी एसिया बैंकले पनि ८१ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाउँदै चौथो नम्बरमा आएको छ ।
वि.सं.२०७८ कात्तिक ३ ०८:५५




















