back
stc
prabhu insurance

सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३ सय ३४ रुपैयाँ ५५ पैसा निर्धारण गरेको छ ।

नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । सभा प्रयोजनका लागि यसले आज शुक्रबार कात्तिक ५ गते बुक क्लोज गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।

बैंकले कात्तिक १६ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको १७औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ ।