back
stc
prabhu insurance

आशा लघुवित्तको ५ औं वार्षिक साधारण सभा

काठमाडौं । आशा लघुवित्तको ५ औं वार्षिक साधारण सभा कात्तिक २७ गते शनिबार बस्ने भएको छ । सभा फल एन्ड ट्राउट भिलेज होटल, ककनी नुवाकोटमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५५ बोनस सेयर र कर प्रयोजन सहित १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।

सभामा संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभा प्रयोजनका लागि आशाले कात्तिक बुक क्लोज गरेको छ । यसर्थ, कात्तिक ११ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।