back
stc
prabhu insurance

कामना सेवाको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज  कात्तिक ९ गते मंगलबार अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कामनाले बुधबार कात्तिक १० गतेबाट बुक क्लोज गर्ने भएको छ ।

बैंकले यसपटक सेयरधनीलाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

यसको साधारण सभा कात्तिक २३ गते हुने भएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकण्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा सभामा पेश हुनेछ ।

यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।