back
stc
prabhu insurance

मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा, १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । आज मंगलबार कात्तिक २३ गते मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा बस्दैछ । सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद निष्कासन गर्ने एजेन्डा पेश गर्दैछ ।

सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ । सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।