back
stc
prabhu insurance
nabil

आइएमईको वर्ड भ्रमण विथ साइग्रेस सुरू

काठमाडौँ । नेपालको सबैभन्दा विश्वासिलो र बृहत्एजेन्ट सञ्जाल भएको आइएमईले वर्ड भ्रमण विथ साइग्रेस (Word Tour with SAIGRACE) को आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा यहिँ कार्तिक २३ देखि मङ्सिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म आयोजना हुन गईरहेको छ । वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली
कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सहि सदुपयोग र यसबाट प्राप्त हुने
लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्नु हुनेछ ।

कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे
रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ भने
मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द (RONB) हुने भएको छ ।

उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल
(facebook, youtube, twitter, linkedin) पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरुबाटपनि प्रसारण हुनेछन्।