सिटिजन्स बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौं । सिटिजन्स बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक प्रेमकुमारी थापाले आफ्नो नाममा रहेको १५ हजार ६७३ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम २०५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले मंसिर १० गते देखि ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
वि.सं.२०७८ मंसिर १० १२:२४




















