back
stc
prabhu insurance

निर्धन उत्थान लघुवित्तको ३१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

संस्थाको गत बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २९।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने जनाइएको छ । कम्पनीले ५० करोड २५ लाख रुपैयाँ बराबरको रकम बोनस सेयर वितरणमा खर्च गर्नेछ ।

त्यसैगरी दुई करोड ६३ लाख १७ हजार १०५ रुपैयाँ कर प्रयोजनमा खर्च गर्नेछ । गत वर्ष कम्पनीले १३.६८ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ ।