back
stc
prabhu insurance

एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर वितरण गर्ने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ८.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै, बोनसमा लाग्ने कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने बैंकले जानकारी गराएको छ ।

प्रस्तावित बोनस तथा नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र एक्सेलको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

बैंकले हाल कायम १ अर्ब १५ करोड १७ लाख ९२ हजार रुपैयाँमा उक्त बोनस सेयर घोषणा गरेको हो ।