नागरिक लगानी कोषको लाभांश घोषणा
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। कोषको आज बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७/०७८ को लाभांश प्रस्ताव गरेको हो।
कोषको बैठकले आर्थिक बर्ष २०७७/०७८ मा आफ्ना सेयरधनिहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश अर्थ मन्त्रालय र कोषको आगामी साधारणसभाले पारित गरे पश्चात् शेयरधनीले पाउनेछन ।

वि.सं.२०७९ असार ११ १७:५०




















