back
stc
prabhu insurance

सुर्या लाईफ र ज्योती लाईफ इन्स्योरेन्स बीच मर्जर हुने

काठमाडौं । आगामी एक साता भित्रै सूर्या लाईफ इन्स्योरेन्स लि. र ज्योती लाईफ इन्स्योरेन्स कम्पनी लि बीच मर्जर हुने भएको छ । यि दुई कम्पनीमा चर्को क्रस होल्डिङ रहेको र बीमा समितिले मर्जरका लागि दबाब दिइरहेको कारण मर्जरको सम्झौता हुन लागेको हो । यी दुई कम्पनीबीच आगामी सातासम्म मर्जको सम्झौता हुँदैछ।

बीमा समितिले ९ वटा बीमा कम्पनीहरुमा चर्को क्रसहोल्डिङ फेला पारेपछि कि पुँजी निकाल्न कि मर्जर गर्न दबाब दिएपछि सूर्य र ज्योती लाईफ इन्स्योरेन्स कम्पनी मर्जमा जाने भएका हुन् । सूर्य लाईफ इन्स्योरेन्सका एक संचालकले यी दुई कम्पनी बीच सबै कुरा मिलिसको बताए। सायद यही साता मर्जको सम्झौता हुन्छ । उनले दाबी गर्दै भने ।

दुबै इन्स्योरेन्सका सीइओहरुलाई डिसीइओमा राख्ने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका पूर्व सीइओ विवेक झालाई सीइओ बनाउने तयारीका साथ अघि बढेको बताइएको छ । यि दुई बीमा कम्पनीबीच मर्ज पक्का हुने जस्तै रहेको छ ।