प्रभु इन्स्योरेन्ससँग मर्जर तोडेको अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता
काठमाडौं । प्रभु इन्स्योरेन्ससँग मर्जर तोडेको अजोड इन्स्योरेन्सले युनाइटेडइन्स्योरेन्ससँग एक आपसमा मर्ज हुने सम्झौता भएको छ ।
मंगलबार राति यी दुई बिमा कम्पनीबीच मर्जर सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा युनाइटेडका तर्फबाट सञ्चालक रविन्द्रराज पन्त र अजोडका तर्फबाट चिरञ्जिवी दावाले हस्ताक्षर गरेका हुन् ।
युनाइटेड र अजोडका बीचमा १००ः९० को अनुपातमा सेयर आदान–प्रदान हुने गरी मर्जर सम्झौता भएको हो । मर्जर पछि कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स राख्ने सहमति भएको छ ।
यसअघि गत असार ३२ गते प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एक आपसमा मर्ज हुने सम्झौता भएको थियो ।
उक्त सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका तर्फबाट सञ्चालक चिरन्जीबी द्धालेले हस्ताक्षर गरेका थिए । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सका बीचमा १००ः७० को अनुपातमा सेयर आदान–प्रदान हुने गरि मर्जर सम्झौता भएको थियो ।
दुवै कम्पनीबिच स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जर प्रकृया भंग भएको जनाईएको छ ।

वि.सं.२०७९ पुस २७ १६:५०




















