back
stc
prabhu insurance

ज्योति विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । ज्योति विकास बैंकको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीले काठमाडौँको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनश शेयर र ३ दमलव ८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंकको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।

साधारण सभाले यस विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गरेको छ ।

सभाले बोनश शेयर जारी पश्चात कायम हुन आउने भिन्न अंकलाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने, यस विकास बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत गाभ्ने वा प्राप्ति सम्बन्धमा प्रचलित कानून बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।