back
prabhu insurance
himalayanlife

सिभिल क्यापिटलको अध्यक्षमा बिष्ट

काठमाडौं । सिभिल क्यापिटल मार्केटको अध्यक्षमा भोला बहादुर बिष्ट चयन भएका छन् । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले बिष्टलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

फागुन ११ गतेदेखि लागु हुने गरि क्यापिटलको सञ्चालक पदमा मुख्य लगानीकर्ता सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै भोला बहादुर बिष्ट चयन भएका थिए।

फागुन १४ गते उनी अध्यक्ष चयन भएका हुन्। यसअघि सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै क्यापिटलको अध्यक्षमा सुमन आचार्य थिए ।