back
stc
prabhu insurance

लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो दर्ता गर्न आग्रह गरेको छ । लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइका लागि राष्ट्र बैंकले अलग्गै गुनासो सुनुवाई डेस्कको स्थापना गरी गुनासो सम्बोधन गर्दै आएको हुँदा गुनासो दर्ता गर्न आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई दिएको निर्देशन पालना नगरेमा, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएमा, गैरकानूनी ढङगबाट सम्पत्ती लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायतका अन्य जुनसुकै गुनासो भएमा उक्त गुनासो दर्ता गर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकका अनुसार यस गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो पैसा तिर्नुनपर्ने ९टोल फ्रि० फोन नम्बर १८१०५००००२२ मार्फत वा बैंकको अनलाइन गुनासो पोर्टल बाट वा इमेल मार्फत वा कार्यालय समयमा नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।