back
prabhu insurance
himalayanlife

धादिङको ताल्तीमा सानिमा बैंकको ए.टि.एम

काठमाडौं । रोराङ गाउँपालिका, धादिङका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पु¥याउने उद्देश्यले सानिमा बैंक लिमिटेडले २०८० श्रावण १० गते, बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित Hauxin सिमेन्ट नारायणी प्रा. लि. उद्योगको परिसरमा ए.टि.एम. बुथको स्थापना गरेको छ ।

उक्त ए.टि.एम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर Xiang Chang Hong तथा बैंकका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठज्यू तथा बाग्मति प्रदेश क्लस्टर २ का प्रमुख श्री निरज सिम्खडाद्वारा संयुक्त रुपमा गर्नुभयो ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर Xiang Chang Hongले यस गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गर्नु भएकोमा बैंकलाई धन्यबाद दिनुभयो ।

त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी ए.टि.एम. स्थापना गर्न अवसर जुटाइ दिनु हुने सम्पूर्ण सरोकारवालालाई धन्यबाद ज्ञापन गर्दै उक्त ए.टि.एम.को भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै, आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यबाद ज्ञापन तथा कार्यक्रमको संचालन सानिमा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख बिक्रम श्रेष्ठले गर्नुभएको थियो । सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।