मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर घोषणा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १०% लाभांश दिने भएको छ ।
बैंकले ९.५०% बोनस सेयर र कर तिर्न ०.५०% नगद गरी कुल १०% लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
अघिल्लो वर्षको नाफाबाट यसले १२.३२% बोनस सेयर कर तिर्न ०.६५% नगद वितरण गरेको थियो ।

वि.सं.२०८० कात्तिक २३ १०:१३

















