back
prabhu insurance
himalayanlife

कुमारी बैंकको सीईओमा खनाल नियुक्त

काठमाडौँ । कुमारी बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। बैंकका सिइओ रमेश अर्यालले राजीनामा दिए पछि बैंक सञ्चालक समितिले रामचन्द्र खनाललाई सिइओ नियुक्त गरेको हो।

एनसीसी बैंक कुमारीमा मर्ज भएपछि सिइओ बनेका अर्यालले राजीनामा दिए पछि नयाँ सिइओ नियुक्त भएका हुन्। खनाललाई ४ वर्षका लागि सिइओ नियुक्त गरेको बैंकले जनाएको छ। खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्।

खनालसँग बैंक तथा वित्तीय संस्थामा करिब ११ वर्ष काम गरेको अनुभव छ। खनाल यसअघि एनआईसी एसिया क्यापिटलमा पनि सिइओ थिए।