back
prabhu insurance
himalayanlife

आरविवि म्युचुअल फण्डका दुई योनजाको नगद लाभांश घोषणा

काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई योजनाले इकाईधनीलाई नगद प्रतिफल वितरण गर्ने भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यी योजनाले आर्थिक वर्ष २०८२/८३ तथा सो अवधिसम्मको सञ्चित कोषबाट प्रतिफल वितरण गर्न लागेका हुन् ।

आरविवि म्युचुअल फण्ड–१ का इकाईधनीले करसहित २.७५ प्रतिशत र आरविवि म्युचुअल फण्ड–२ का इकाईधनीले करसहित ६ प्रतिशत नगद प्रतिफल पाउनेछन् ।

प्रतिफल वितरण प्रयोजनका लागि दुवै योजनाको इकाईधनी दर्ता किताब असोज १२ गते सोमबार एक दिनका लागि बन्द हुने भएको छ ।

त्यसैले असोज ११ गतेसम्म नेप्सेको प्रणालीमा कारोबार भई तोकिएको समयभित्र आफ्नो नाममा इकाई नामसारी भएका इकाईधनी मात्र नगद प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङका अनुसार इकाई धितो राखेका इकाईधनीले भने प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा फुकुवा पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

उक्त कागजात पेश गरेपछि मात्र नगद प्रतिफल सम्बन्धित इकाईधनीको बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।