आज खप्तड लघुवित्तको आइपीओ बाँडफाँट हुँदै
काठमाडौं । खप्तड लघुवित्तको आइपीओ आज सोमबार भदौ २० गते बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम रहेको छ ।
यसको प्री अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ । यता, खप्तडको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । १२ हजार ३४० जनाले मात्र यसको सेयर हात पार्नेछन् ।
यसमा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए ।
खप्तडले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।
योमध्ये ५५ अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०।५५ अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
वि.सं.२०७९ भदौ २० ०९:०१




















