आज असोज २६ गते सानिमा क्यापिटलको सातौं वार्षिक साधारणसभा
काठमाडौं । सानिमा क्यापिटलले सातौं साधारणसभा कम्पनीको संचालक समितिको बैंठक अनुसार आज असोज २६ गते साधारण सभा गर्ने भएको हो ।
उक्त साधारणसभा भने असोज २६ गते अपरान्ह ४ बजे कम्पनी रजिष्टर्डको कार्यालय नक्सालमा हुने कम्पनीले जनाएको छ ।
कम्पनीको सातौं साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने । साथै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल असार मसान्तको वासलात, २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने कम्पनीले जनाएको छ ।
साथै लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धाण, सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १५ दशमलव ७८ प्रतिशतले हुने रकम ३ करोड चौरानब्बे लाख ७३ हजार ५ सय चौरासी रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गरिनेछ ।
वि.सं.२०७९ असोज २६ ०७:१५



















